• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    संविधानमा केके संशोधन गर्ने निष्कर्षमा पुगिसकेका छैनौं : एमाले अध्यक्ष ओली

    1K
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन कुन विषय संशोधन गर्ने भन्ने छलफल भइनसकेको बताएका छन् । राष्ट्रिय हितहरुको रक्षा र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने सैद्धान्तिक सहमति भएको ओलीले बताएका छन् ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै निजी र दलगत स्वार्थलाई केन्द्रमा राख्ने, ४ सिट भएका दलले पनि मुख्यमन्त्री दाबी गर्ने अवस्भाविक खेलहरु भएको बताएका हुन् ।

    तर एमाले र कांग्रेसबीच भएको सहमतिबारे भ्रम फैलाइएको उनले बताए । संविधानप्रति ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने प्रयास स्वीकार्य नभएको भन्दै उनले भने, ‘संविधानको समयानुकुल परिमार्जित हुँदै जानुपर्छ । त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौं ।’

    यद्यपि कुन कुन बुँदामा संशोधन गर्ने भन्ने छलफल भइनसकेको बताए । केके सुधार गर्ने भन्ने अनुभवनका आधारमा तय गर्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो–यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं, कसैको नेतृत्वमा आयोग बन्ने पनि भएको छैन ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया