काठमाडाैं । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार राति काठको डुंगा दर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिगावाका प्रहरी प्रवक्ता लावन शिसुका अनुसार करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुंगा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानले पनि शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको उनकाे भनाइ छ ।
प्रतिक्रिया