• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    भारतीय प्रधानमन्त्री मोदी र रूसी राष्ट्रपति पुटिनबिच भेटवार्ता

    1.1K
    SHARES



    काठमाडाैं। रुसको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएकाे छ । दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका माेदीले आफ्नाे साेसल मिडिया प्लेटफर्म एम्सकाे ह्यान्डलमा भेटका केही तस्बिरहरू सार्वजनिक गर्दै पुटिनसंगकाे भेटबाे जानकारी गराएका हुन् ।

    तस्बिरहरू पाेश्टगर्दै मोदीले लेखेका छन्, ‘नोभो-ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि कृतज्ञ छु । मंगलबार पनि हाम्रो वार्ताको प्रतीक्षा गर्दै, जुन भारत र रुसबिचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ ।’

    रुसको सरकारी मिडिया स्पुतनिकले पनि दुई नेताबिच भएको कुराकानीको भिडियो सार्वजनिक गरेको छ । भेटमा पुटिनले नरेन्द्र मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिँदै भनेका छन्, ‘मलाई लाग्छ यो संयोग होइन, सरकारको प्रमुखका रूपमा तपाईंको धेरै वर्षको कामको यो परिणाम हो ।’

    ‘तपाईंसँग आफ्नो विचार छ, तपाईं एक ऊर्जावान् व्यक्ति हुनुहुन्छ, तपाईंलाई थाहा छ कि कसरी भारत र भारतका जनताको हितमा नतिजा प्राप्त गर्ने भनेर । आर्थिक मोर्चामा, भारत तेस्रो ठुलो अर्थतन्त्र बन्नेमा विश्वस्त छ…र अहिले यो देखिएको छ। जनसङ्ख्याको हिसाबले संसारको सबैभन्दा ठुलो देश पनि हो ।’

    रुस र अस्ट्रियाको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी सोमबार मस्को पुगेका हुन् । प्रधानमन्त्री मोदी २२ औँ भारत-रुस वार्षिक सम्मेलनमा सहभागी हुनेछन् । रुस पुगेपछि मोदीलाई ‘गार्ड अफ अनर’ पनि दिइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया