• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

    2.2K
    SHARES



    काठमाडौं । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ ।

    नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ (मे २०) कै रेकर्ड तोड्न सकेको छैन । सो दिन अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४२६ डलर पुगेको सुन आज २३९१ मा छ । यहाँ जेठ १५ गते बजेटले सुनको भन्सार दर बढाएपछि जेठ २५ गते नै त्यसअघिका सबै रेकर्ड तोडिएको थियो ।

    त्यस्तै चाँदीको भाउ आइतबार तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ