• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

    1.5K
    SHARES



    काठमाडौँ । लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

    बिहीबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।

    सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ । जुन २०१९ को भन्दा २११ सिटले बढी हो । त्यस्तै लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । जुन २०१९ को भन्दा २५० ले कम हो ।

    यसअघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले अब पार्टीको नेतृत्व पनि छोड्ने घोषणा गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया