• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सोह्रखुट्टे-बालाजु सडक खण्डमा ११ फिट खाल्डो

    1.1K
    SHARES



    काठमाडौं । काठमाडौं सोह्रखुट्टे-बालाजु सडक खण्ड भासिएको छ । सडकमा करिब ११ फिट गहिरो खाल्डो परेको छ ।

    बीच सडकमा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ । सवारी साधनलाई दायाँवायाँका एक-एक लेनमा मात्र सवारी साधन चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

    बुधबार बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।

    मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि शाक्य भने सकुशल रहेका छन् । खाल्डोमा खसेको मोटरसाइकललाई न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया