काठमाडौं। साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । साेमबार नेप्से परिसूचक १६.२९ अंकले बढेर २,०५३ को विन्दुमा कायम भएको छ ।
आज १ सय ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको हाे । एनआरएनको भने ११ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया