• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    अब क्यूआरबाटै भारतमा पैसा पठाउन सकिने

    2K
    SHARES



    काठमाडाैं । नेपाल राष्ट्र बैंकले अन्तर्देशीय भुक्तानी लाई सहज बनाउन क्यूआरबाटै पैसा पठाउन सकिने व्यावस्था गरेकाे छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले भुक्तानीसम्बन्धी एकीकृत परिपत्र संशोधन गदै नेपाल र भारतबीच क्यूआरबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

    परिपत्रमा नेशनल पेमेन्ट स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट कारोबार गर्न सकिने जनाइएको छ। यसअनुसार रिटेल पेमेन्ट स्विचको माध्यमबाट नेपालबाट भारतीय बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु १ लाख रुपैयाँसम्म सटही गर्न सकिनेछ।

    राष्ट्र बैंकले परिपत्रमा भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खाताको क्यूआर कोडबाट पनि भारत र भुटानमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो। यसअगाडि कार्डबाट मात्रै भुक्तानी गर्न सकिने व्यवस्था थियो।

    अन्तर्देशीय भुक्तानीलाई सहज बनाउँदै राष्ट्र बैंकले भारत र भुटानबाट भित्रिने रेमिट्यान्स समेत बैक खाता वा वालेटमा सोझै भुक्तानी गर्न सकिने उल्लेख गरेको हो। यस्तो अवस्थमा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकमार्फत नेपाली रुपैयाँमा मात्र रकम प्राप्त गर्न सक्नेछन्।

    यसअघि भारतीय रुपैयाँ वा परिवत्र्य विदेशी मुद्राको कारोबार सुरु गरेका बैंक तथा वित्तीय सस्थाले राष्ट्रिय भुक्तानी स्विचमार्फत परिचालन गराउने सम्बन्धमा आआफ्नो कार्ययोजना पेस गर्नुपर्नेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ