• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वन अतिक्रमण गरी बनाइएको चार काेठे घरमा डोजर

    1.3K
    SHARES



    काठमाडाैं। डिभिजन वन कार्यालय लहानले वन अतिक्रमण गरी बनाइएको चार कोठे भवन भत्काएको छ । गोलबजार नगरपालिका ९ चोहर्वा ब्यारेक नजिक स्थानीय सत्यदेव यादवले वन अतिक्रमण गरी बनाएको चार कोठे भवन भत्काएको हो ।

    निर्माणाधीन अवस्थामै वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वन कार्यालय लाहानका अधिकृत सुजीत कुमार झाले जानकारी दिए ।

    उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए ।

    उनले कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए । सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नबनाउन भनेपनि उनले अटेर गरेर घर बनाएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया