काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने बताएका छन् ।
संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा एक लाख रुपैयाँका समेत धेरै आयोजना राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले ३ करोड रुपैयाँसम्मका आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्ने बताएका हुन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद ठाकुर गैरेले तीन करोड भन्दा कमका आयोजना नल्याउने घोषणा किन कार्यान्वयन गरिएन भनेर सोधेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नामै लिएर उनले एक लाख, पाँच लाख, दश लाखका योजनाहरु हजारौंको संख्यामा राखेको बताएका थिए ।
प्रतिक्रिया