काठमाण्डौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी इन्टरकन्टिलेन्टलसंग बाट साढे ३ कमरेडको गाडी किन्ने भएको छ । राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरका ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो ।
लक्ष्मी इनटरकन्टिलेन्टल प्रालिले बैंकसँग ६ ओटा कारका लागि कुल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
राष्ट्र बैंकले गत वैशाख २४ गते सार्वजनिक बोलकबोल आव्हान गर्दै आवश्यक ६ थान पेट्रोलियम कार किन्न चाहेको सूचना प्रकाशित गरेको थियो ।
राष्ट्र बैंकले उक्त बोलकबोलमा परेको आवेदनका आधरमा लक्ष्मी इन्टरकन्टिनेन्टललाइ छनोट गरेको हो ।
प्रतिक्रिया