• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोखराको प्राइम सहकारीमा डेढ अर्ब रुपैयाँ हिनामिना

    1.1K
    SHARES



    काठमाडौँ। पोखराको प्राइम सहकारीमा पनि ठुलो रकम हिनामिना भएको भेटिएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछि प्रहरीमा बुझाइएको रिपोर्टमा हिनामिना भएको औँल्याइएको हो ।

    सहकारीका २ हजार ३ सय बचतकर्ताको १ अर्ब ५७ करोड भन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपि विवरणहरू सार्वजनिक भने गरिएको छैन ।

    छानबिनका क्रममा ५५ जनाभन्दा बढी दोषी भेटिएका छन् । तीमध्ये केही व्यक्तिहरू पक्राउ परिसकेका छन् । ‘विशेष सूचनाका आधारमा पक्राउ गरेर मुद्दा दर्ता गरेको छ । विशेष सुराकी मार्फत हिनामिनाको थाहा पाएपछि पक्राउ परेका हुन्,’ स्रोतले भन्यो, ‘अरू पनि निगरानीमा छन् ।’

    स्रोतका अनुसार उक्त्त सहकारीको रकम अपचलनमा सहकारी रजिस्ट्रार कार्यालय गण्डकी र सहकारी विभागका उच्च पदस्थ व्यक्तिहरू पनि मुछिएका छन् । सहकारीमा समस्या देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले निक्षेपकर्ताहरुलाई उजुरी दिन सूचना पनि जारी गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया