काठमाडौँ। सरकारका विरोधीलाई समर्थन गरेको आरोपमा इरानका र्यापरलाई मृत्यू दण्डको सजाय सुनाइएको छ । र्यापर तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेको भन्दै मृत्यु दण्डको सजाय सुनाइएको उनका वकिलले पुष्टि गरेका छन् ।
२०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए ।
सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनका अनुसार र्यापरले सजाय विरुद्ध अपील गर्नेछन् । यसबारे इरानी सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परे पछि उनले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए ।
प्रतिक्रिया