• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

लोकसभा चुनाव- छत्तिसगढको बिजापुरमा ग्रिनेड विस्फोट, २ जना घाइते

2.4K
SHARES



काठमाडौँ। आजबाट भारतमा लोकसभाको मतदान सुरु भएको छ । चुनावमा छत्तिसगढको बिजापुरमा ग्रेनेड विस्फोट भएको छ भने उता बङ्गालको कुचबिहारमा हिंसा भएको हो ।

चुनावमा पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ सिटमा मतदान भइरहेको छ भने सिटको हिसाबले यो सबैभन्दा ठुलो चरण को चुनाव हो ।

मतदानको क्रममा मणिपुरको थमनपोकपीमा रहेको मतदान केन्द्रमा गोली चलेको छ । उता बङ्गालको कुचबिहारमा हिंसा भएको छ भने छत्तिसगढको बिजापुरमा ग्रेनेड विस्फोट भएको छ । विस्फोटमा एक सहायक कमान्डेन्ट र १ सैनिक घाइते भएका प्रहरी श्रोतले जनाको छ ।

भोटर टर्नआउट एपका अनुसार यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी मतदान त्रिपुरामा ६८.३५ प्रतिशत थियो । सबैभन्दा कम मतदान बिहारमा ३९.७३ प्रतिशत मत खसेको छ । २१ राज्यमा औसत मतदान ५३ प्रतिशत रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ