काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले बझाङमा हुने प्रदेश सभाको उप- निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो ।
नेसपाले इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा भने यसअघिनै पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय सरिसकेको छ ।
प्रतिक्रिया