• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति सुदुरपश्चिम

सुदूरपश्चिममा मुख्यमन्त्री बन्दै एकीकृत समाजवादीका सोडारी

2.7K
SHARES



काठमाण्डौ। सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि यसअघि परेका दुवै दाबी अस्वीकृत गर्दै भोलिसम्मको समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्  ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतवार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा तथा नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले माओवादी र एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीले दुवै दाबी अस्वीकृत गरेपछि सत्तारुढ गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीका सोडारीले अर्को दाबी पेश गर्ने तयारी भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ