• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

दिपेश पुनमाथि सुन प्रकरणमा पनि अनुसन्धान गर्न रुपन्देही प्रहरीलाई सीआईबीको पत्र

2.1K
SHARES



काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ ।

सहकारी ठगी आरोपमा पक्राउ परेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पुनमाथि अनुसन्धान गर्नु भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्राचार गरेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका पुन छुटेमा वा पुर्पक्षका लागि कारागार चलान हुने आदेश भएमा पनि सीआईबी पठाइदिन भन्दै पत्राचार भएको खुलेको हो ।

सीआईबीले २४ चैतमा रुपन्देही प्रहरीलाई पत्राचार गर्दै सहकारी ठगी प्रकरणको अनुसन्धान सकिएपछि पुनलाई काठमाडौं पठाउन भनेको छ ।

यसअघि उच्च अदालतका पूर्वन्यायााधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले समेत पुनमाथि पूर्ण छानबिन भएको नदेखिएको भन्दै उनीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो ।

आयोगले पुनमाथि बयान लिएको थियो । आयोग भन्दा पहिला पनि सुन तस्करीमा पक्राउ परेका चिनियाँहरूसँग सम्बन्ध देखिएपछि सीआईबीले पुनलाई बयानमा बोलाएको थियो ।

तर सीआईबीले कागज गराएर उनलाई छाडेको थियो । सीआईबीका अनुसन्धान अधिकृतका अनुसार बयानका लागि बोलाउँदा पुन आफूले चलाउने गरेको एन्ड्रोइड फोन लुकाएर सामान्य फोन बोकेर गएका थिए ।

सहकारी ठगी प्रकरणमा पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ