• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयो- चित्रबहादुर केसी

    1.6K
    SHARES



    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भएको बताए ।

    बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशको उद्योग धन्दा पनि बर्बादउन्मुख भएको पनि बताएका छन् ।

    उनले देश उद्योग धन्दा गर्नेबाट नभई सत्ता र शक्ति केन्द्रमा बस्नेहरूबाट बर्बाद भइरहेको बताए । उनले वर्ष दिनमा चार पटकसम्म सत्ता परिवर्तन हुने र कुन मन्त्री आएर कस्तो नीति बनाउँछ भन्ने भयमा व्यवसायीहरू रहनुपर्ने बाध्यता रहेको बताए । (उनले देशले संघीयता पाल्न नसक्ने पनि तर्क गरे ।

    उनले भने, ‘अहिले साँच्चै भन्ने हो भने देशको उद्योग धन्दा असाध्यै बर्बाद भएको छ । यो बर्बाद सत्ता र शक्तिमा बस्नेहरुबाटै हो बर्बाद भएको । यो उद्योग धन्दा गर्ने, बन्द व्यापार गर्ने उनीहरुको कारणले होइन । एक वर्षमा तीन चार चोटी सरकार बदलिन्छ, कुन सरकार आएर के नीति लिने हो ? के गर्ने हो भन्ने उद्योग व्यापारीहरुलाई डर त्रास हुन्छ । अहिले पनि सबैभन्दा लगानी भनेको साधारण खर्च । आठ वटा राष्ट्रपनि पाल्नुपर्ने नेपाली जनताले । ८८४ जना नेपाली सांसदहरु पाल्नुपर्ने त्यो सकिन्छ । यहाँका उद्योग धन्दा,कलकारखाना सखाप पार्नुपर्ने, राष्ट्रलाई सम्पूर्ण रुपमा आयातमुखी बनाउने भनेपछि यो सबै बिग्रिएको उद्योगपति व्यापारी भन्दा हामी सत्ता र शक्तिमा बस्नेहरुका कारण हो ।’

    अध्यक्ष केसीले विकृतिको केन्द्रबिन्दु सिंहदरबार रहेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ