काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।
आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने भनिएको छ ।
बैठकमा महाधिवेशनमा सहभागी २ हजार १ सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न आज केन्द्रीय कार्यालयमा बैठक बस्न लागिएको कार्यालयका सचिव डा अधिकारीले जानकारी गराएका छन् ।
एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने भनिएको छ ।
प्रतिक्रिया