• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कपाल पलाउन थालेको छ, २० वर्ष कसैले आस नगरे हुन्छ- केपी ओली

    1.9K
    SHARES



    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले भन्नेहरु देखेर दया लागेर आउने बताए ।

    एमाले कास्की नवनिर्वाचित जिल्ला कमिटीलाई शपथ गराउँदै उनले एमाले बिनाको नेपाल र आफू बिनाको एमाले भन्नेहरु देखेर दया लागेको बताएका हुन् ।

    ‘कसैले एमाले बिनाको नेपाल भने। कठैवरी। एमाले बिनाको नेपाल रे, केपी ओली बिनाको एमाले भने । दया लागेर आउँछ। केपी ओली नभइदिएदेखि यसो गर्थ्यौं, उसो गर्थ्यौं लाग्या होला,’ उनले भने ।

    आफूले पोहोर परार जुँगा कालाकाला हुन थालेको सम्झँदै ओलीले अहिले कपाल पनि पलाउन थालेको भन्दै २० बर्ष कसैले आस गर्न नपर्ने बताए ।

    ‘मेरो कपाल सबै झरेथ्यो । अहिले पलाउन थाल्या छ, रोपेको होइन,’ उनले भने, ‘२० बर्ष कसैले आस नगरे हुन्छ ।’

    एमाले अहिले नयाँ समीकरणमा सरकारमा रहेको भन्दै उनले सरकारमा सहभागी सबै पार्टीका आफ्नै नीति र उदेश्य रहेको बताए । सुशासन र विकासका लागि नयाँ समीकरण बनाउनुपरेको उनको दाबी छ ।

    एमालेको उदेश्य महान् रहेकाले झिंगाको सरापले डिंगा नमर्ने ओलीले बताए । ‘हाम्रो उदेश्य महान छ, कोही पनि साथीले गलत बाटो लिनु हुँदैन,’ उनले भने, ‘संकीर्ण सोचबाट महान कार्य गर्न सकिँदैन ।’

    पार्टीमा रहेर लिनुसम्म लिएका व्यक्तिले अझै भाग खोज्ने प्रवृत्ति पार्टीमा मौलाएको भन्दै उनले असन्तुष्टि जनाए । आफूले अध्यक्ष पद छाडेपछि यसरी भाग नखोज्ने उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ