• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

अरविन्द केजरीवाललाई आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश

2.6K
SHARES



काठमाडौँ। जाँड रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको राउज एभेन्यु कोर्टले अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको बीबीसीले जनाएको छ । यसअघि केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए ।

जाँड–रक्सीसम्बन्धी नीति घोटालाको बारेमा सोधपुछ गर्दा केजरीवालले सहयोग नगरेको ईडीले बताएको थियो । उनले आफ्नो फोनको पासवर्ड नदिएका ईडीका एसबी राजूले बताएका खबरमा भनिएको छ ।

आज राउज एभेन्यु कोर्ट आउँदै गर्दा मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन् त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका थिए ।

जाँड–रक्सी घोटाला प्रकरणमा केजरीवाललाई उनकै निवासबाट गएको मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । यस प्रकरणमा उनीमाथि एक सय करोड भारुभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ