• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    Banner News राजनीति

    ‘जतिसुकै चिप्ला, ठुला र बाठा माछा होउन्, समातेरै छोडिन्छ’

    1.2K
    SHARES



    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारी जतिसुकै ठुला, चिप्ला र बाठा माछा भए पनि समातेरै छोड्ने दाबी गरेका छन् ।

    शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले आफूले भ्रष्टाचार माछा समाउन थालेको बताउँदै जस्तोसुकै माछा भए पनि समातेरै छोड्ने बताएका हुन् ।

    मन्त्री लामिछानेले भने-‘कतिपय माछाहरू बढो चिप्लो हुन्छन्, समाउन खोज्दाखोज्दै चिप्लन्छन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दा खोज्दै लुकिहाल्छन्, कतिपय माछाहरू जाल हालेपछि छल्न जान्ने पनि हुन्छन् । जतिसुकै चिप्ला, जतिसुकै बाठा माछा हुन, नागरिकले दिएको शक्तिका अगाडि कुर्नुहोला, तिनीहरूको कुनै सीप लाग्दैन । हामीले त्यसको सङ्केत देखाइसकेका छौँ ।’

    उनले एकजना समातिँदैमा फेरी छुट्यो भने निराश नहुन र नआत्तिन आग्रह गरे । उनले समाज आत्तिएको र सबै कुरा आजै हुनुपर्ने मनस्थितिमा रहेको टिप्पणी गरे ।

    लामिछानेले नेपाली जनताले आफ्नो दललाई दिएको शक्तिको दुरुपयोग नगर्ने उल्लेख गरे । जनताले दिएको शक्ति आफू र आफ्नो परिवारका लागि दुरुपयोग गर्छ भने त्यो अपराध भएको उल्लेख गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया