• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको छैन- प्रदीप पौडेल

    1.9K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूहरुले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शनिबार दाङ पुगेका नेता पौडेलले आफूहरुलाई सत्तामा जाने कुनै हतारो नभएको दाबी गरे ।

    उनले भने, ‘अहिले हामीलाई सत्तामा जाने कुनै हतारो छैन । सत्तामा जान अप्राकृतिक प्रपञ्च गर्न जरुरी छैन । हामीले कसैलाई अस्वाभाविक रुपले कुर्सी दिएर सत्तामा जाने कोसिस गरिरहेका छैनौं । हामीलाई परिस्थितिले नै सत्तामा लान्छ । यो गठबन्धन आफैं ढल्छ, अर्को बन्ने गठबन्धनबाट कांग्रेस सत्तामा जान्छ । जनता र परिस्थितिको चाहनाअनुसार हुन्छ । त्यसैले हामीलाई अहिले हतारो छैन ।’

    सांसद पौडेलले कांग्रेसको सीटभन्दा आधा कम भएको माओवादीलाई प्रधानमन्त्री स्वीकार्नु नै अचम्मको विषय भएको पनि बताएका छन् ।

    उनले भने, ‘माओवादीका अध्यक्ष तेस्रो दलको नेता हो संसदमा । हामीले उहाँलाई प्रधानमन्त्रीमा समर्थन गरिराख्दा पनि उहाँले कांग्रेसको समर्थनलाई लत्याएर नयाँ गठबन्धन गर्नुभयो । हामी प्रष्ट ढंगले भन्छौं, बेइमानी माओवादी र प्रचण्डको हो । हाम्रो रोदन होइन वास्तविकता हो । कांग्रेसको सीटभन्दा आधा कम भएको पार्टी हो माओवादी । त्यसैले कांग्रेसले माओवादीको नेतृत्वलाई प्रधानमन्त्री स्वीकार्ने नै अचम्मको विषय थियो ।’

    उनले प्रश्न उठिसकेपछि छानबिन स्वतन्त्र र निष्पक्ष बनाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषय उठाएको जिकिर गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ