• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    आज बस्ने प्रतिनिधिसभा बैठक कसले गर्दै छ अवरोध ?

    1.8K
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । मिटरब्याज पीडितको माग सरकारले सम्बोधन नगरेकोले बैठक अवरोध गर्न लागिएको सो पार्टीले जनाएको छ ।

    बैठक आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक पेस गर्ने कार्यसूची रहेको छ । साथै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन् ।

    बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ