• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    १ सय २९ देशसँग नेपालको व्यापार घाटा

    1.8K
    SHARES



    काठमाडौँ । नेपालले १ सय २९ देशसँग घाटाको व्यापार गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा कूल १ सय ५७ देशसँग वैदेशिक व्यापार गरेको नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ घाटा व्यहोरेको हो ।

    समीक्षा अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले सोही अवधिमा जम्मा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको हो ।

    यद्यपि, अघिल्लो वर्षको तुलनामा आयात र निर्यात दुबै घट्दा यता घाटा समेत केहीँ घट्न पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष यसै ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेर ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले ८ खर्ब २५ अर्ब ९३ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । तुलनात्मक रुपमा यो वर्ष नेपालको व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ ।

    आयात निर्यातको हिसाबले पहिलो र दोस्रो मुलुक भारत र चीनसँग मात्र नेपालको व्यापारघाटा ८२ प्रतिशत माथि रहेको छ । चालु आर्थिक वर्षको ७ महिनामा यी दुई देशबिच नेपालले कूल ७ खर्ब ८८ अर्ब ४२ करोड ७५ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार गर्दा ६ खर्ब ६७ अर्ब २७ करोड २४ लाख ४३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो ।

    समीक्षा अवधिमा नेपालले भारतसँग ५ खर्ब ५४ अर्ब ७५ करोड ८८ लाख ४१ हजार रुपैयाँको वस्तु आयात गर्दै उता ५८ अर्ब ७२ करोड २७ लाख ५१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ भने अर्को छिमेकी मुलुक चीनतर्फ १ खर्ब ७३ अर्ब ९ करोड ११ लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दै जम्मा १ अर्ब ८५ करोड ४८ लाख ४ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

    आयात र निर्यातको स्थिति हेर्दा समीक्षा अवधिमा नेपालले भारततर्फ ४ खर्ब ९६ अर्ब ३ करोड र चीनतर्फ १ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँ घाटा व्यहोरेको छ । बाँकी १ सय ५५ देशहरुसँगको व्यापारमा नेपालले १ खर्ब ४३ अर्ब ८४ करोड रुपैयाँ बराबरको घाटाको व्यापार गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ