• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जसपा केन्द्रीय समितिको बैठक सुरु

    1.7K
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

    २ दिनसम्म चलेको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएपछि आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने भनिएको छ ।

    जसपा मधेस प्रदेश, लुम्बिनी प्रदेश र सङ्घीय सरकारमा सहभागी भएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ । सो प्रतिवेदन राजनीतिक संशोधनसहित पारित गरेको छ ।

    राजनीतिक समितिबाट पारित सो प्रतिवेदन आजको केन्द्रीय समितिमा पनि पेस हुन्छ र त्यसमाथि छलफल गरी पारित हुने जसपाका अर्थ विभाग प्रमुख विजय यादवले बताएका छन् ।

    राजनीतिक समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने भनी गरेको प्रस्तावलाई केन्द्रीय समितिमा लगेको छ । महाधिवेशनको तिथि मितिमाथि छलफल गरी त्यो मिति तय हुने र महाधिवेशनका अन्य कार्यकालितकाहरु पनि सार्वजनिक हुने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ