• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

क्रान्तिकारी काठमाडौको कडा संघर्ष पश्चात् महानगरद्वारा विद्यालयमा डीआई नराख्न निर्देशन

4.9K
SHARES



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल क्रान्तिकारी काठमाडौंले विद्यार्थी कुट्ने र छात्रालाई दुर्व्यवहार गर्ने डिसिप्लिन इन्चार्ज (डिआई)लाई कारबाही गर्न सरकारसँग माग गरेको थियो ।

निजी शैक्षिक संस्थामा डिआई (डिसिप्लिन इन्चार्ज)का नामका गुन्डा राखी विद्यार्थी कुट्ने, दुर्व्यवहार गर्ने, छात्रामाथि लैंगिक हिंसा गर्नेलगायतका क्रियाकलाप भइरहेको भन्दै अखिल क्रान्तिकारीले बुधबार विज्ञप्ति जारी गर्दै कारबाहीको माग गर्दै क्रान्तिकारी संघर्षमा उत्रेपछि महानगरले उक्त्त निर्देशन दिएको हो ।

निजि कलेजहरुले कलेजमा विद्यार्थीलाई अनुसाशनमा राख्ने नाममा आफ्ना कलेजहरुलाई व्यारेक जस्तो बनाएको र विद्यार्थीको हितमा हुनुपर्ने कलेजहरुका गेटमा गुण्डाहरु राखेर विद्यार्थीका हकहितलाइ कुल्चेको भन्दै अखिल (क्रान्तिकारी) काठमाडौले गरेको संघर्ष पश्चात् काठमाडौ महानगरले (डिआई) नराख्न उक्त्त निर्देशन जारी गरेको बताइएको छ ।

डीआईले विद्यार्थीमा भए सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै अखिल (क्रान्तिकारी) काठमाडौले आन्दोलन गरेको २४ घण्टा भित्र काठमाडौ महानगरका विद्यालयहरुमा डिआई (डिसिप्लिन इन्चार्ज) हटाउन निर्देशन गरेको छ ।

विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताएका छन् ।

विद्यालयमा भईरहेको डिआई आतंक र गुण्डागर्दीका विरुद्ध आफुहरुले विरोध प्रदर्शन गरिरहेको क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीले बताए । उनले यसका विरुद्ध आफ्नो संगठनले कठोर संघर्ष समेत गरेको बताएका छन् । हिजो बिहिवार पनि काठमाडौं महानगरपापिका शिक्षा बिभाग अगाडि अखिल (क्रान्तिकारी) काठमाडौले प्रदर्शन गरेको थियो ।

‘विद्यालय सिक्ने ठाउँ हो, जेल होइन्, विद्यालयमा डिआई आंतक बन्द गर, अनुशासन इन्चार्जका नाममा भइरहेको गुण्डागर्दी बन्द गर, विद्यालय शान्ति क्षेत्र हो कि, गुण्डागर्दीको अखडा ? लगायतका नारा लेखिएका प्ले काडहरु बोकेर अखिल (क्रान्तिकारी)ले महानगरको शिक्षा भिभाग अगाडी विरोध प्रदर्शन गरेको थियो ।

केही दिन अघि मात्रै काठमाडौं कोटेश्वरस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा विद्यालयका डिआईले विद्यार्थीहरुमाथि कुटपिट तथा दुर्ववहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।

स्मरण रहोस् : सरकारले विद्यालयमा अनुशासन कायम गराउने नाममा डीआई नराख्न भन्दै निर्देशन जारी गरेको थियो । त्यसका वावजुद केही निजी विद्यालयहरूले डीआई राखेर विद्यार्थीहरूलाई मानसिक तथा शारीरिक यातना समेत दिने गरेको पाइएको थियो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ