काठमाडौँ। कालीमाटी तरकारी तथा फलफूल विकास समितिले बुधबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ६० देखि ७० रुपैयाँ मूल्य रहेको बताएको छ ।
त्यस्तै, स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँ रहेको छ । टनेलको सानो गोलभेडा भने किलोको दुई देखि पाँच रुपैयाँ सस्तो रहेको छ। टनेलको सानो गोलभेडा प्रतिकिलो १२ देखि २० रुपैयाँ रहेको समितिले निर्धारण गरेको मूल्यसूचीमा उल्लेख छ ।
तराईको सानो गोलभेडाका १८ देखि २५ रुपैयाँ प्रतिकिलो रहेको छ । रातो आलु प्रतिकिलो ३३ रुपैयाँदेखि ३६ रुपैयाँ, भारतीय रातो आलुको २८ देखि ३० रुपैयाँ र सेतो आलुको पनि २८ देखि ३० रुपैयाँ रहेको समितिले बताएको छ ।
भारतीय सुकेको प्याज प्रतिकिलो १४० देखि १४५ रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो २५ देखि ३० रुपैयाँ र ज्यापु काउली ३० देखि ४० रुपैयाँ रहेको छ । रातो मुलाको आजको बजार भाउ किलोको १५ देखि २० रुपैयाँ र स्थानीय सेतो मुलाको मूल्य प्रतिकिलो ८ देखि १२ रुपैयाँ रहेको छ ।
हाइब्रिड सेतो मुलाको मूल्य भने प्रतिकिलो १० देखि १५ रुपैयाँ रहेको छ । स्थानीय घिउ सिमीको मूल्य प्रतिकिलो ८० देखि ९०, हाइब्रिड सेतो सिमीको मूल्य पनि ८० देखि ९० रुपैयाँ रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया