• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पक्राउ पुर्जीबारे यस्तो छ विप्लवको प्रतिक्रिया

    4.6K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जिल्ला अदालत काठमाडौँले आफूविरूद्ध जारी गरेको पक्राउ पुर्जीलाई गम्भीर रुपमा लिएको बताए ।

    सोमबार अदालतले विप्लवसहित शीर्ष नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीबारे काठमाडौँमा पत्रकारसँग कुराकानी गर्दै उनले यसअघि भएका सहमति पालना गर्न राज्यका सबै निकायले गम्भीर ढंगले बोध गर्नुपर्ने बताए ।

    यद्यपि यसविषयमा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएको उनले प्रतिक्रिया दिएका छन् । सहमतिलाई टुंग्याउन नदिन जुन खालको षड्यन्त्र भइरहेको छ, त्यसमा राज्यका निकायहरू नपर्न उनले आग्रह गरेका छन् ।

    ‘सहमतिलाई टुंग्याउन नदिने जुन खालको तत्वहरूको षड्यन्त्र भइरहेको छ, त्यसमा राज्यका कुनै पनि निकाय नपरून् भन्ने हाम्रो आग्रह छ । जहाँसम्म अदालतको कुरा छ, राज्यले कानुन बनाएर निष्कर्ष नदिएसम्म अदालतले आफ्नो प्रक्रिया अगाडि बढाउँछ । त्यसलाई अन्यथा लिने कुरा आउँदैन’, अदालतले जारी गरेको पक्राउ पुर्जीबारे उनले भने ।

    गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ ।

    विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्कीलगायत शीर्ष नेतालाई ३५ दिन भित्र सबुद प्रमाणसहित अदालतमा हाजिर हुन भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया