काठमाडौँ। बिहीबार बिहानैदेखि काठमाडौँका अलग-अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले फरक फरक स्थानमा प्रदर्शनको तयारि गर्दै छन् ।
युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम स्थल तोकेका छन् । एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहका समर्थकबीच झडप हुनसक्ने सम्भावनालाई विचार गरेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
युवा संघका कार्यकर्ता तीनकुनेमा भेला भइसकेका छन् भने दुर्गा प्रसाईं समूह पनि चाबहिलमा जम्मा भएका छन् । उनीहरू त्यहाँबाट बल्खुतर्फ आउने तरखरमा देखिन छन् ।
प्रतिक्रिया