• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कर्पोरेट विजनेश

लगातार तेस्रो दिन पनि शेयर बजारमा वृद्धि

4.2K
SHARES



काठमाडौं । लगातार तेस्रो दिन पनि शेयर बजारमा वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३१ लाख ५७ हजार ६२ कित्ता सेयरको खरिदबिक्री हुँदा ७८ करोड २७ लाख ४३ हजार २६३ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मंगलबार मात्रै ११.२२ अंकले घटेको सेयरबजारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो भने सोमबार ९३ करोड ८९ लाख २९ हजार रुपैयाँको कारोबार भएको थियो । नेप्से लगातर तेस्रो दिन बढेपनि कारोबार रकम भने घटेको छ ।

त्यस्तै, आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, पिपुल्सहाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल एसबीआई बैंक लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सामलिङ पावर कम्पनी लिमिटेड र एनआइसी एसीया ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ५ करोड ६१ लाख ४१ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ