• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पत्रकार धामीमाथि भएको आक्रमणको विभिन्न पत्रकार संगठनद्वारा विरोध

    1.7K
    SHARES



    काठमाडौँ । रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि सोमबार भएको सांघातिक आक्रमणप्रति विभिन्न संघ–संस्थाले विरोध जनाएका छन् । मंगलबार श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    ‘समाचारमा चित्त नबुझेको वा गुनासो भएमा कानुनी उपचार खोज्ने उपाय भए पनि आक्रमणको तहमा जानु निन्दनीय छ । संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई भयरहित वातावरणमा उपभोग गर्ने व्यवस्था मिलाउन सरकार, प्रहरी प्रशासन र सरोकारवालालाई अनुरोध गर्दर्छौँ’, उनको विज्ञप्तिमा भनिएको छ ।

    यसै गरि क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढा र सहसंयोजक नारायण पंगेनीले पनि एक प्रेस बिज्ञप्ति जारी गरि आक्रमणको निन्दा एवम् भ्रत्सना गरेका छन् । प्रेस संगठनले आक्रमण गर्ने अपराधी जत्थालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न समेत माग गरेको छ ।

    यसैगरी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति, अनलाइन पत्रकार संघ, नेपाल आर्थिक पत्रकार संघ, नेपाल पत्रकार महासंघ ललितपुरलगायतले पनि घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
    धामीमाथि सोमबार बखुण्डोस्थित कार्यालय नजिकै सांघातिक आक्रामण भएको थियो । उनीमाथि केही पहिलेदेखि विप्लव नेतृत्वको नेकपा निकटका विद्यार्थी संगठनले धम्की दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया