• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

2.4K
SHARES



अछाम। अछाममा बँदेलकाे आक्रमणबाट एक महिलाकाे ज्यान गएकाे छ ।

हिजाे बेलुका बँदेलले आक्रमण गर्दा अछामकाे तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयककाे ज्यान गएकाे हाे ।

मास गाेडेर घर फर्कने क्रममा उनलाई  बँदेलले आक्रमण गरेकाे स्थानीय धनबहादुर बुढाले बताए । उनको अस्पताल लैजाने क्रममा ज्यान गएकाे हाे ।

यस्तै, अछाममा (बिहीवार) अटो दुर्घटना भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु.प.प्र.०१-००१ ख ५५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो ।

अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका-४ तिमिल्सैनका अन्दाजि ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका-५ का २८ वर्षीय टंक साउँद र सोहि पवालिकाको-२ का अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन् ।

घाइते तीनै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते भएका ओडको अवस्था मध्यम र बाँकि दुई जनाको अवस्था सामान्य रहेको छ ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ