• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

यो साता प्रतितोला २ सयले बढ्यो सुनको मूल्य

2.4K
SHARES



काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

३ गतेदेखि कारोबारमा आएको सुनको मूल्य ८ गतेसम्म आइपुग्दा जम्मा २ सयले बढेको हो । नेपाली नयाँ वर्षका कारण साताको पहिलो दिन सुनको कारोबार भएको थिएन र उक्त दिन शुक्रबार रहेको थियो । २ गते शनिबार भएकाले यो साता ६ दिन मात्रै सुनको मूल्यसूची कायम गरिएको महासंघले जनाएको छ ।

साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ थियो । जुन, साताको अन्तिम दिनसम्ममा आइपुग्दा तोलामा १ लाख १० हजार २ सय पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ । यसैगरी, यो साता चाँदीको मूल्य भने घटेको छ ।

आइतबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा ५ रुपैयाँ प्रतितोला घटेर १४ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ