• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिन पुन: प्रयोग गर्न टक्सार विभाग सफल, अब नेपालमै छापिने

3.7K
SHARES



काठमाडौँ। चलनचल्तीमा रहेका नेपाली सिक्का छाप्नको लागि टक्सार विभागले मेसिन तयार पारेको छ ।

राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने अवस्थामा पुर्‍याएको हो । विभागले परीक्षणका रुपमा चलनचल्तीको नमुना सिक्का छाप्न (बनाउन) थालिसकेको छ ।

करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रुपमा सिक्का छाप्न थालेको राष्ट्र बैंक टक्सार विभागका निर्देशक विनोदराज आचार्यले बताए ।

नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैंकले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो ।

अहिले पुराना मेसिनलाई मर्मत सम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी बनाएर तयारी अवस्थामा पुर्‍याइएको र परीक्षणका रुपमा केही थान सिक्का छपाइ गरिएको निर्देशक अचार्यले बताए । ‘अहिले छपाइ गरिएको सिक्का परीक्षणका लागि मात्र धातुलाई सिक्काको आकार दिइएको हो ।

परीक्षणका लागि भएकाले ती सिक्कामा कुनै एक वा दुई वा पाँच, दश रुपैयाँ भनेर कुनै नम्बर उल्लेख गरिएको छैन,’ उनले भने, ‘पुराना मेसिनलाई मर्मत सम्भार गरेर हेर्दा काम गर्छककी गर्दैन भनेर मात्र हेरिएको हो ।’

परीक्षण सफल भएको र राष्ट्र बैंकको उच्च व्यवस्थापनले चलनचल्तीका सिक्का नेपालमै छपाइ गर्ने भन्ने निर्णय गरेको अवस्थामा टक्सार विभाग सबै पक्षबाट तयार भएको उनको दाबी छ ।

‘२० वर्षदेखि रोकिएको काम करिब १ महिनाको अथक प्रयासबाट टक्सार विभाग नमुना सिक्काको परीक्षण उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘अब औपचारिक रुपमै सिक्काको छपाइ नेपालमै थालेमा पैसा छाप्नकै लागि हरेक वर्ष बाहिरिने केही रकम नेपालभित्रै रोकिने छ ।’

उक्त सिक्का छपाइका लागि हाल ४ वटा मेसिन रहेको र प्रति मेसिनले एक सेकेन्डमा २ वटा सिक्का तयार गर्न सक्ने बताइएको छ । यसरी हेर्दा १ मिनेटमा ४ सय ८० वटा र एक घण्टामा २८ हजार ८ सय ८० वटा सिक्का उत्पादन गर्न सक्ने टक्सार विभागले जनाएको छ ।

केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती दरका रुपैयाँको सिक्का मात्र छाप्दै आएको छ । ती सिक्का विदेशमै छापिँदै आएको छ ।

राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिएको सिक्का अरु कागजी नोट जस्तो सम्पूर्ण रुपमा वित्तीय प्रणालीमा फर्किँदैन । यसकारण पनि हरेक वर्ष नयाँ सिक्का छाप्न करोडाैं रुपैयाँ खर्च हुने तर त्यो पैसा वित्तीय प्रणालीमा नफर्किने भएकाले बढी खर्चिलो भएको जानकारहरुको भनाई छ ।कान्तिपुर बाट

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ