• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

फोटो-फिचर समाचार

२५ तस्बिरमा हेर्नुहोस् ४६ औं दिनसम्म रूसको आक्रमण झेलिरहेको युक्रेनको अवस्था

9K
SHARES



काठमाडौँ । पूर्वी युरोपेली मुलुक युक्रेनले ४६ दिनदेखि छिमेकी रूसी सैनिकको आक्रमण भोगिरहेको छ।

गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाहीको निर्देशन दिएका थिए। त्यसपछि रूसी सैनिकले तीनतिरबाट युक्रेनमाथि आक्रमण गरिरहेका छन्।

रूसी आक्रमणबाट युक्रेनका कैयौं सहरमा क्षति पुगेको छ। तीस लाखभन्दा बढी मानिसहरू देश छोडेर निस्किएका छन्। पर्याप्त पानी, बिजुली र खानाबिना दिन काटिरहेका छन्। यति हुँदा पनि युक्रेनी सुरक्षा फौजले रूसी सैनिकमाथि कडा प्रतिरोध गरिरहेको छ।

निकै विशाल र आधुनिक मानिएको रूसी सैनिकको आक्रमणको युक्रेनीहरूले डटेर सामना गरिरहेका छन्। युद्वमा परेर हजारौंले ज्यान गुमाएका छन्।

रूसी आक्रमणको युक्रेनी सुरक्षाफौजले गरिरेहको सामनालाई धेरैले तारिफ गरेका छन्। यसैबीच रसियाले युद्धको मैदानमा आफ्नो सेनाको संख्या बढाउन ट्रान्सनिस्ट्रिया, मोल्डोभाको अज्ञात क्षेत्रबाट मानिसहरूलाई भर्ती गर्ने प्रयास गरिरहेको मन्त्रालयले भनेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछिको युद्धमा कति सैनिक मारिएका छन् भन्ने आधिकारिक रूपमा भने केही बताएको छैन । यद्यपि, गत हप्ता रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रसियाले आफ्नो सेनाको ठूलो संख्या गुमाएको स्वीकार गरेका छन् ।

पश्चिमी नेताहरूले युद्धमा अहिलेसम्म ७ देखि १५ हजार रुसी सैनिक मारिएको बताएका छन् । हेर्नुहोस् ४६ दिनसम्म रूसी आक्रमण भोगेको युक्रेनका तस्बिर (तस्बिरहरू अलजजिरा /रोयटर्स)

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ