काठमाडौं । बिगत लामो समयदेखि मुख तथा दन्तरोग सम्बन्धि गुणस्तरीय सेवा दिदै आएको हिमाल डेन्टल हस्पिटलले काठमाडाैंकाे साँखुमा पनि शाखा सञ्चालनमा ल्याएको छ । सामाजिक दायित्वलाई बोध गर्दै काठमाडौंको साँखुमा पनि हिमाल डेन्टल हस्पिटलको शाखा बिस्तार गरेको अस्पतालले बताएको छ ।
अस्तपालका अध्यक्ष डा. राजेन्द्र भट्टले साँखु शाखाबाट सर्वसुलभ र गुणस्तरीय मुख तथा दन्त सम्बन्धि सेवा उपलब्ध हुने जानकारी दिए । उनले साँखु आसपासका बासिन्दाको सेवा गर्न पाउँदा खुशी लागेको बताए ।
दन्त चिकित्सा सेवा सँगै दक्ष जनशक्ति तयारी गरिरहेको हिमला डेन्टलले पूर्वदेखि पश्चिमसम्म शाखा संजाल विस्तार गरिसकेको छ । अस्पतालका सबै शाखाले २४ सैं घण्टा दात तथा मुख सम्बन्धी गुणस्तरिय सेवा प्रदान गरिरहेका छन् ।
साँखु शाखाले पनि २४ सैं घन्टा सेवामा दात तथा मुख सम्बन्धी सम्पूर्ण रोग तथा समस्याको समाधन गरिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया