• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सञ्चारकेन्द्रका सम्पादक बुढा बने नेपालका ‘आइडिया च्याम्पियन’, देशभरीका प्रतिस्पर्धीलाई यसरी पछारे

    7K
    SHARES



    काठमाडौ । सञ्चारकेन्द्र डटकमका सम्पादक दिपकबहादुर बुढा आइडिया स्टुडियो सिजन ४ को च्यम्पियन बनेका छन् । मंगलबार राति ललितपुरमा भएको अन्तिम प्रतिस्पर्धामा बुढाले Social Impact को Title बिजेता बनेसँगै ५ लाख नगद प्राप्त गरेका हुन् । हरेक वर्ष नयाँ आइडिया जुन आइडियाले उद्योगकोरुप लिएर समाजमा सकारात्मक प्रभाव पार्न सक्ने करिब ४ सय प्रतिश्पर्धीरुको तीन महिनासम्म चलेको आइडिया स्टुडियो नेपालका कार्यक्रम संयोजक अनिल गन्धर्बले बताए ।

    संयोजक गन्धर्बले लुकेर रहेका तर समाजमा ब्यापकरुपमा सकारात्मक प्रभाव पारिरहेका प्रतिभाहरुबाट आइडिया अथार्त सकारात्मक सोँचको खोजि कार्य विगत ४ वर्षदेख गर्दै आएको बताए । बिजयी बुढाले ‘मिशन मार्शी’ शिर्षकमा आफ्नो धारणा र उपाय विस्तार गरेर फाइनल जितेका थिए । कर्णालीप्रतिको सदियौंदेखि भोकमारी, गरिवी र पिछडिएको उपमा गलत भएको र बरु कसैले मागी खाने भाँडो बनाउन यसो गरेको बुझाई उनको धारणा थियो ।

    अर्कोतिर काठ्माडौं, नेपालगञ्जजस्ता शहरहरु यति सम्पन्न हुँदाहुँदै पनि रोगको शिकार हुने कुरा पनि सोचनिय भएको बताउँदै गन्धर्बले भने,- “हामीले के बुझ्नुपर्छ भने कणार्ली अर्गानिक खाद्यन्‍नको खानी हो भोकमारी होइन भातमारी हो, शहरहरुमा विसादीयुक्त खाना खाइरहेकाछौं त्यसैले रोगी भएका हौं ।”

    हुम्ला घर भएका बुढाले कर्णाली जस्तो ठाउँलाई सरकारले कृषिको लागि जोड गर्नु पर्छ, अनि त्यही अर्गानिक खाद्य पदार्थको सहरमा बजारीकरण गर्नुपर्छ, त्यसबाट गाउँ र शहर जोडिने र स्वस्थ र सुखी नेपालीको आधार तयहुने उनले पुष्टि गरेक थिए । सो कार्यक्रमको औपचारिक वृहत रुपमा घोषणा गर्ने कार्यतालिका भएपनि विश्वब्यापी महामारी कोरोनाको असरको कारण केही पर सारिएको आयोजकले बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ