• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    जनयु’द्धमा आफ्नै परिवारका ७ सदस्य गुमाएउने सभामुख

    6.9K
    SHARES

    काठमाडौं। प्रतिनिधि सभाको सभामूखमा अग्नि सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका छन्। संघीय संसद प्रतिनिधिसभाको बैठकबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन्। प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

    सभामूखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा तत्कालीन वि’द्रो’ही नेकपा (माओवादी)का नेता हुन्। गाउँको विद्यालयमा प्रधानाध्यापक रहेका सापकोटा राज्यबाट पटकपटक पी’डित व्यक्ति हुन्। सापकोटालाई रोक्न द्व’न्द्वका’लीन मु’द्दा मामि’लालाई पेशाको रुपमा अपनाउने कानून व्यवसायी र आफूलाई अधिकारकर्मी भन्नेहरु जोडिएका छन्।

    यु’द्धका’लीन मु’द्दालाई पेशाको रुपमा अपनाउँदै आएका अधिवक्ता दिनेश त्रिपाठीले सापकोटा वि’रुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे। द्व’न्द्वकालीन मु’द्दालाई एकपक्षीय वकालत गर्नेहरुले सापकोटाको चर्को विरोध गरे। शान्ति प्रक्रियापछि निरन्तर सापकोटावि’रुद्ध केही संघसंस्था र व्यक्तिले अभियान नै सञ्चालन गरे। अहिले पनि ती व्यक्ति र संघसंस्था सभामूख नबनाउन भन्दै अनेक प्रयासमा थिए। सर्वोच्चमा सापकोटावि’रुद्ध परेको रिट हेर्न नमिल्ने सूचीमा रह्यो। सर्वोच्चको सम्भावित फै’सलाबारे आइतबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए।

    परिवारका सातजना मा’रि’एको त्यो पीडा
    तत्कालीन वि’द्रो’ही नेकपा माओवादीमा लागेको भन्दै राज्य पक्षबाट निर्दोष सातजना परिवारका सदस्य सभामूख सापकोटाले गु’मा’एका छन्। उनको सिंगो गाउँ कुविन्डेबाट मात्र राज्यको तर्फबाट २१ जना मा’रि’एका छन्। दुईजना अहिले पनि बे’प’त्ता छन्।

    सापकोटा परिवारबाट राज्य पक्षले सातजना ह’त्या गरेको विषयमा मानव अधिकारवादी वा चर्चामा आउन द्व’न्द्वलाई खेतीको रुपमा प्रयोग गर्नेहरु बोल्न सक्दैनन् । सापकोटा परिवारका सातजनालाई राज्यले स’हिद घोषणा गरेको छ। तत्कालीन राज्य पक्षले सापकोटाको गाउँ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविन्डेबाट २१ जानको ह’त्या गरेको छ। दुईजनालाई राज्य पक्षले बे’पत्ता बनाएको छ।

    वडाध्यक्ष चुडामणि नेपाल भन्छन्, ‘जहाँ अग्नि सर नजोडिएको ह’त्याका’ण्डमा जोड्ने अदालतले कुविन्डेमा माओवादीको आरोपमा ह’त्या गर्नेहरुबारेमा पनि सोच्नुपर्छ,’ उनले भने, ‘इमान्दार नेतालाई आरोप लगाउन सजिलो छ, तर हाम्रो गाउँले जनयु’द्धको समर्थन गर्दा राज्यले र्पुयाएको क्षतिको मूल्यांकन गर्न अग्नि सरलाई मुद्दा लगाउनेहरुले सक्छन् ?’

    सापकोटाको गाउँबाट सहिद हुनेको नामावली
    वडाध्यक्ष भन्छन्, ‘अग्नि सरको गाउँ र मेरो गाउँ एउटै हो, हाम्रो गाउँबाट मात्र २१ जनासहित भएका छन्, दुईजना अझै बे’प’त्ता छन्।’ अग्नि सापकोटाको परिवारबाट प्रेम सापकोटा, रेवती सापकोटा, सुभद्रा सापकोटा, गणेश सापकोटा, मिना सापकोटा, टोकनाथ सापकोटा र सविता सापकोटा स’हिद भएका छन् ।

    ‘सापकोटा परिवारका स’हि’दहरु अग्नि सरकारका भतिज, भतिजा, दाजुभाइहरु हुन्,’ उनले भने, ‘गाउँका अन्य पनि धेरै नातेदार हुन्।’ यसैगरी सापकोटाको गाउँबाट स’हिद हुनेहरुमा जितबहादुर श्रेष्ठ, रेशमबहादुर श्रेष्ठ, विन्दा शर्मा, वेदप्रसाद शर्मा, कमलप्रसाद शर्मा, गोविन्द बजगाईं, प्रेम नेपाल, कुस्माखर शर्मा, भोजप्रसाद सुवेदी, भिमप्रसाद शर्मा, सेरकु लामा, विमला श्रेष्ठ, नतिजा श्रेष्ठ, सरिता श्रेष्ठ छन्।

    यसैगरी माधव नेपाल र सुकुमान तामाङ बे’प’त्ता रहेको वडा कार्यलयले जनाएको छ। वडाध्यक्ष नेपाल भन्छन्, ‘अग्नि सरलाई आरोप लगाउन सजिलो छ, तर अग्नि सरको परिवार र हाम्रो गाउँले राज्य व्यवस्था परिवर्तन गर्न दिएको बलिदान र योगदानको मूल्यांकन गर्न गाह्रो छ।’ नागरिक खबरबाट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ