• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गुणराज लोहनीलाई तत्काल रिहा गर्न क्रान्तिकारी पत्रकार सङ्गठनको माग, विज्ञप्तिसहित

    8K
    SHARES

    काठमाडौं । क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालले लेखक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई तत्काल रिहा गर्न माग गरेको छ । संगठनका अध्यक्ष डिल्लीराज रावत र महासचिव बाबुराम भुसालले एक विज्ञप्ति जारी गरेर पत्रकार तथा बरिष्ठ लेखक समेत रहेका लोहनीलाई विना कारण गिरफ्तार गरिएको बताएका छन् ।

    स्वतन्त्र र राष्ट्र्प्रेमी अभियन्ताहरुलाई पक्राउ गर्ने शैलीको घोर भर्त्सर्ना गर्दै उक्त सङ्गठनले यसप्रकारको ज्यादती र गैरन्यायिक गिरफ्तारी बन्द नगरिए शशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।लोहनीलाई बिना कारण पक्राउ गर्नु र अनावश्यक दुख दिने नियतले पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएको विज्ञप्तिमा उल्लेख छ ।

    सोमबार बाटोमा हिडिरहेका बेला उनलाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको पत्नी सरला रेग्मीले बताइन । लोहनीलाई सोमबार वेलुकीतिर चितवनबाट प्रहरीले गिरफ्तार गरको हो । रेग्मीका अनुसार बाटोमा हिडिरहको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो । लोहनीलाई जिल्ला प्रहरी कार्यालय चितवनमै राखिएको छ ।

    स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि लोहनीले राजनीतिबाट बिदा लिएका थिए । हाल उनले राष्ट्रिय जागरण मंच गठन गरेका छन् । लोहनी यसपहिला विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य थिए । यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो । त्यसबखत पनि उनी १३ दिन हिरासतमा बसेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ