• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सूचना विभागमा क्रान्तिकारी पत्रकार सङ्गठनले दियो धर्ना, श्रमजीवी विवरण सार्वजनिक गर्न माग

    599
    SHARES

    काठमाडौं ।  क्रान्तिकारी पत्रकार संगठनले श्रमजीवि पत्रकारहरुका मागहरु सरकारले संवोधन नगरेको निष्कर्षसहित सूचना तथा प्रशारण विभागमा धर्ना दिएको छ । सोमबार एकघण्टे धर्नापछि उक्त सङ्गठनले विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई ज्ञापन पत्र बुझाइएको छ ।

    ज्ञापन पत्रमा मिडिया हाउसहरुमा श्रमजीवि पारिश्रमिक ऐन लागु हुनुपर्ने तथा श्रमजीविहरुको दरबन्दी नबुझाउने मिडियाहरुको नाम सार्वजनिक गर्नुपर्ने माग राखिएको छ ।

    क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीको अगुवाईमा संगठनका पदाधिकारी सम्मिलित टोलीले निर्देशक न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै महानिर्देशक न्यौपानेले संगठनका तर्फबाट पेश गरिएका मागहरु जायज भएको भन्दै यसकालागि आफूले सक्दो पहल गर्ने आशवासन दिए ।

    अन्य माग पुरा गर्न पत्रकार महासंघ लगायतका सरोकारवाला संस्थाहरुसित छलफल गर्ने र श्रमजीवि विवरण भने अलि ब्यापक छलफलपछि मात्र कार्यान्वयन र्गो धारणा राखे । ज्ञापन पत्र बुझाउनु अघिको धर्ना कार्यक्रममा मन्तब्य राख्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले क्रान्तिकारी पत्रकार संगठनले उठाएका मागहरु जायज भएकोले आफ्नोपनि एक्यवद्धता रहेको जनाउँदै यस्ता विषयहरुमा सबैपत्रकारहरु एकजुट भएर आवाज उठाउनुपर्ने विचार ब्यक्त गरे ।

    साथै उनले पत्रकारहरुलाई पारिश्रमिक दिन नसक्ने मिडिया हाउसहरु बन्द भएपनि फरक नपर्ने धारणापनि ब्यक्त गरे । महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले श्रमजीवि पत्रकार ऐन लागु गर्न सरकारले आलटाल गरिरहेको भन्दै श्रमजीवि विवरण नबुझाउने मिडियाको नाम सार्वजनिक गर्न सरकारसित माग गरे ।

    सो अवसरमा क्रान्तिकारी पत्रकार संगठनका महासचिव बाबुराम भूषालले आफ्नो संगठनले सधैं श्रमजीवि पत्रकारको हितको पक्षमा लड्दै आएकोले यसपटकपनि यो मुद्धा उठाएर लैलाने र राज्यलाई बाध्य पार्ने कुरामा जोड दिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ