• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    पक्राउ पुर्जी जारी भएलगत्तै गायिका आस्था राउतले सिक्किमबाटै यतिसम्म भनिन्, प्रहरी नै तिनछक

    76.4K
    SHARES

    काठमाडौं । प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो ।

    निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिनुभयो । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउतलाई अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा अघि बढाइएको जानकारी दिँदै परिसरमा नआए पक्राउ गरेर ल्याइने बताउनुभयो ।

    आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको आरोप लगाउँदै गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरेको श्रव्यदृष्य सामग्री (भिडियो) बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई गालीगलौज गरेको सुन्न सकिन्छ ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा भएको उक्त घटनाको सिसी टिभी फुटेज शुक्रबार सार्वजनिक भएको थियो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।

    सिसी टिभी फुटेजमा महिला प्रहरी रमिता श्रेष्ठले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने बताउँदै महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले राउतले नै अभद्र व्यवहार गरेको दाबी गर्नुभयो । बुधबार अपराह्नको त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट राउत भद्रपुर जाने क्रममा शरीर जाँचका बेला उक्त घटना भएको थियो ।

    यता राउत अहिले कार्यक्रमका लागि भारतको सिक्कीम पुगेकी छिन् । केही सञ्चारमाध्यमहरुमा उनी फरार भएको खबर फैलिएपछि उनले आफु छिट्टै नेपाल आएर अनुसन्धानमा सहयोग गर्ने बताएकी छिन् । यो भन्दा पहिले पनि उनले पटकपटक आफुले बालेका कतिपय शब्द अपाच्य भएको भन्दै सार्वजनिक रुपमा माफि माग्दै आएकी छिन् ।

    प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । सिक्किमबाट आइतबार काठमाडौं फर्कन लागेकी आस्थाले विमानस्थलबाट सिधै प्रहरी हिरासतमा जानुपर्ने हुन सक्छ । आफूलाई विमानस्थलमा अमर्यादित व्यवहार गरेको भन्दै आस्थाले फेसबुकमा प्रहरीलाई गालीगलौज गरेकी थिइन् ।

    विमानस्थलमा सुरक्षा जाँचका क्रममा बसेकी महिला प्रहरीले आफूलाई ‘तँ’ भन्दै दुर्व्यवहार गरेको उनको दाबी छ । उक्त घटनाको सीसीटिभी फुटेज प्रहरीले सार्वजनिक गरिसकेको छ । फुटेजमा आस्था र प्रहरीबीच विवाद भएको देखिए पनि आवाज नभएकाले अपशब्द प्रयोग भएको वा नभएको यकिन गर्न सकिंदैन ।

    अहिले सामाजिक सञ्जालमा आस्थाको पक्ष र विपक्षमा बहस तीव्र छ । धेरैले चाहिँ आस्थाकै गल्ती औंल्याएका छन् । हुन पनि प्रहरीलाई मर्यादित बन्न सिकाउने आस्थाले फेसबुक लाइभमा आफैं अमर्यादित भाषा प्रयोग गरेकी थिइन् । उक्त घटनामा संलग्न महिला प्रहरी रमिता श्रेष्ठले आस्थाविरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी गरिन् । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो ।

    एउटी चर्चित गायिकालाई संकट आइलाग्दा कलाक्षेत्रका व्यक्तिहरु भने अधिकांश मौन छन् । जसले मुख खोलेका छन्, उनीहरु पनि आस्थालाई समर्थन गर्न सकेका छैनन् ।

    यस्तो छ राईको स्टाटस
    ‘एअरपोर्टमा साहरुख खानको त झन् कट्टु नै चेक गरेको थियो । त्यो उसको अधिकार हो । अब रह्यो पुलिसले कस्तो व्यवहार गर्यो ? चेकिङमा कफी, पानी लान पाइँदैन । वाल्लेट (मनी ब्यग ) पनि पाइँदैन । उनी बैनी हुन् । राम्री गायिका हुन् । अझ एक रियलिटी शो ‘द भ्वाइस’की कोच पनि हुन् । आफ्नो इज्जत ठाउँमा राख्नु पर्छ । माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ । तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार । धेरै रुन्ची नबन, अब तिमी ठूली भइसक्यौ । आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रिन आवश्यक ।’

    अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि यस विषयमा लामो स्टाटस लेखेका छन् । उनको स्टाटस मार्मिक र सन्तुलित पनि छ । उनले अन्य देशहरुमा एयरपोर्टमा कलाकारलाई विशेष व्यवहार हुने गरे पनि नेपालमा भने नेतालाई मात्रै ‘भीआईपी’ मानिने उल्लेख गरेका छन् ।

    गिरीको स्टाटस जस्तो तस्तै:
    प्रिय आस्था बहिनी… यो बिषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि विगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु ।

    समस्या कहाँबाट आयो भने तिमीले भिडको सामना गर्दै प्रहरीलाई चेक गराउँदै अघि बढ्नुपर्थ्यो । भिड र संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ । उनीहरूलाई छुट्टै दबाब हुन्छ । उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ती भए जागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरूबाट अलि रूखो व्यवहार निस्किन्छ पनि । त्यहाँ पनि निस्कियो होला ।

    तर हामी कलाकार वा सेलेब्रिटिजको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ। सेलेब्रिटिज भनेको सेतो कपडा रहेछ अरू रङमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ । अतः सहनुपर्ने हामीले नै रहेछ । विदेशमा प्रायस् यस्तो घटना हुँदैन किनकि त्यहाँ नेतामात्रै भिआइपी हुँदैनन् । धेरै कर तिर्ने व्यापारिहरू, नाम चलेका खेलाडी, कलाकारहरूलाई पनि भिआइपी मानिन्छ र सुविधाजनक ढंगले चेकजाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन । यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो ।

    यो संवेदनशीलतालाई हामीले बुझ्नुपर्छ किनकि हामी भिडबाट नै गुज्रिनु पर्छ । त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।

    मापसे काण्डमा म पनि परेँ । गल्ती मेरै थियो। तर जब म प्रहरीको पञ्जामा परेँ । ममाथि भएको दुर्व्यवहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनुपर्ने रहेछ । हामीलाई अन्याय नै भयो भने पनि ‘कलाकार हो फुर्ती देखायो होला फस्यो नि’ भनिँदो रहेछ । त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ पाऊँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ । तिमीलाई पनि त्यस्तै केही रूखो व्यवहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्यो । त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

    तिमीलाइ केही नभई त्यस्तो भनिनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्या्दित देखियौ । अतस् यो घटनालाई तिमीले हामी सबैले एउटा पाठको रूपमा लिनुपर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ । आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्न् भनेर आउँछ दुःख लाग्छ ।

    त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु । तिमी पनि माग। सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौँ । यो वास्तविकतालाई बुझौँ । नायिका करिश्मा मानन्धरले आइतबार स्टाटस लेखेकी छिन् । उनले असभ्य भाषा बोल्ने अधिकार कसैलाई नभएको उल्लेख गरेकी छिन् । आस्थाले पहिलोपटक यो अनुभव लिएको भन्दै करिश्माले आफूले यस्तो भोगेर वाक्क भइसकेको उल्लेख गरेकी छन् ।

    ‘असभ्य भाषा बोल्ने अधिकार कसैलाई छैन । पुलिस पनि नेपाली मानिस हुन् । दिनभरी दिक्क लाग्ने कामले वाक्क छन् होला । तर, भाषाको प्रयोग गर्दा ध्यान पुर्‍याउनु होला,’ करिश्माले लखेकी छन् । उनी थप्छिन्, ‘आवेगमा आस्थाले केही त्रुटि बोल्ने समयमा गरिन् होला । तर, के नेपाल पुलिसबाट ‘तँ’ नखाने कोही छौं ? त्यो पनि बिनाकारण ? हामी त यो कामको स्ट्रेस हो भनेर हाँसेर छोडिदिन्छौं । तर, अब केटाकेटीले रियाक्ट गरिन् । त्यही हो ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ