• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुर्खेत महोत्सवमा आज के-के भयो ? बद्री पंगेनीले नचाए दर्शक, ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    6.7K
    SHARES



    सुर्खेत । शुक्रबारदेखि विरेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय ‘औद्योगिक व्यापार, कृषि, नविनतम्’ प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव २०७६ को चौथो दिन आज सोमबार चर्चित गायक बद्री पंगेनी र राजु ढकालसहितका कलाकारहरुले दर्शकहरुलाई भरपुर् मनोरञ्जन प्रदान गरेका छन् ।

    महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक पंगेनी र ढकालसहित जानकी तारामी मगर, रुप जिसी, मोदन शंकर बिसी र अञ्जली अधिकारीले आफ्नो प्रस्तुति दिएका छन् । महोत्सवमा भोलि चर्चित लोक तथा दोहोरी गायक रामजी खाँडसहितका कलाकारहरु आउने आयोजकले जनाएका छन् ।

    भोलि मंगलबार गयक खाँडसहित लोक दोहोरी गायिका भूमिका गिरी, चर्चित देउडा गायक लालबहादुर धामी, गायक अर्जुन सोनाम, चिरन्जीवी सापकोटा, मोडल आरुसी मगरलगायतका कलाकारहरुले दर्शकलाई नचाउने छन । यसअघि हिजो महानायक राजेश हमालले महोत्सवमा भरपुर मनोरञ्जन दिएका थिए ।

    करिब ३ सयको हाराहारीमा स्टलहरु रहेको महोत्सवमा ४० प्रतिशत कृर्षि तथा अर्गानिक उत्पादन रहेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा घरेलु महासंघ कर्णाली प्रदेशका सम्पुर्ण जिल्ला तथा पालिक शाखाहरुको सहआयोजना रहेको महोत्सव पौष १० गते सम्म सञ्चालन हुनेछ ।

    ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    महोत्सवमा सोमबार ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न भएको छ । सहभागी ३२ समुहमध्ये नगेन्द्र बहादुर थापा र खगेन्द्र खत्रीको टोलीले प्रथम स्थान हासिल गरेको छ भनेवकिलजंग शाह र लोकेन्द्र राज मल्लको टोलीले दोश्रो स्थान प्राप्त गरेको छ । यस्तै रन्जन भण्डारी र शिव रोकायाको टोलीले तेश्रो स्थान प्राप्त गर्दा जनक भडेल र राजु भडेलको टोलीले चौथो स्थान हात पारेको छ । महोत्सवमा सोमबारबाटै देउडा प्रतियोगिता समेत सुरु भएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ