• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जाजरकोटमा प्रहरीसँग दोहोरो भीडन्त भएको हल्ला चलेपछि नेकपाले मुख खोल्यो, यस्तो रहेछ यथार्थ

    17K
    SHARES


    दिया चन्द,  काठमाडौं । जाजरकोटमा प्रहरीसँग ‘दोहोरो भिडन्त’ भएको हल्ला चलेपछि नेपाल कम्युनिष्ट पार्टीले मुख खोलेको छ । बुधबार दिउँसो नेकपा कार्रयकर्ता र प्रहरीबिचको सामान्य छलफललाई ‘भीडन्त’ भनेर केहि अनलाइनहरुले भ्रामक समाचार सम्प्रेषण गरेपछि नेकपाले कुनै भीडन्त नभएको स्पष्ट पारेको छ ।

    दोहोरो भीडन्तको हल्ला चलेपछि हामीले नेकपा जाजरकोटसँग सम्पर्क गरेका थियौं । बिहिबार दिउँसो संचारकेन्द्रको सम्पर्क आएका नेकपा जाजरकोट सेक्रेटरी राजकुमारले दोहोरो भीडन्तको हल्ला कपोलकल्पित र भ्रामक भएको बताएका छन् । ‘हिजो त्यहाँको प्रहरी र हाम्रा साथीहरुबीच केहि छलफल भएको चाहिँ हो तर त्यही छलफलको विषयलाई दोहोरो भीडन्त भनेर केहि अनलाइनहरुले लेखेको सुनियो ! यो खेदजनक छ।’ संचारकेन्द्रको समपर्कमा आएका सेक्रेटरी राजकुमारले भने।

    उनका अनुसार बुधबार नेकपा जाजरकोट र प्रहरी अधिकारीहरुबीच जिल्लाको नलगाडमा २ घण्टा लामो छलफल भएको हो । प्रहरीले गाउँ-गाउँमा पुगेर जनतालाई दुख दिने, अनावश्यक खानतलासी गर्ने, नेता कार्यकर्ताहरुलाई बिना कारण गिरफ्तार गरेर हिरासतमा राख्ने तथा झुटा मुद्दा लगाउने जस्ता कार्यहरु व्यापक गर्न थालेपछि आफूहरुले उनीहरुलाई बोलाएर त्यसो नगर्न आग्रहसहित छलफल गरेको सेक्रेटरी राजकुमारले बताएका छन् ।

    ‘गाउँमा जनतालाई बढी दुख दिन थालेपछि हामीले उहाँहरुलाई बोलाएर आफ्नो ड्युटी मात्रै गर्न आग्रह गरेका छौं र त्यसपछि स-सम्मान पठाईदिएका छौं ।’ सेक्रेटरी राजकुमारले भने- ‘छलफल २ घण्टा लामो भएको थियो । उहाँहरु पछि फर्किनुभयो । तर केहि मिडियाले भने दोहोरो भीडन्त भनेर अलि भ्रामक समाचार सम्प्रेषण गरेको पनि देखियो । हामी त्यस्ता नियोजित र कपोलकल्पित समाचारको खण्डन गर्दछौं ।’

    सुरक्षाकर्मीमाथि हमला गर्ने पार्टीको कुनै योजना र नीति नरहेको पनि उनले प्रष्ट पारेका छन् । पार्टीलाई बदनाम गराउन केहि भाडाका मान्छेहरुले बेलाबखत नियोजित हल्ला चलाउने गरेको भन्दै उनले आक्रोश पनि पोखे । उनले सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न पनि आम मिडिया जगतलाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले अहिले देशभर दलाल, भ्रष्ट, भूमाफिया र घुसखोरहरुमाथि कारवाही गर्दै आएको छ ।

     



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ