• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भारतसँग सुरुङ युद्ध लड्न भन्दै एकाएक सिमामा पुग्यो जनमुक्ति सेनाको टोली, अब के होला ?

    46.9K
    SHARES



    काठमाडौँ । पछिल्लो पटक भारतले नेपालीभूमि मिचेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेसँगै नेपालमा त्यसको विरोध भइरहेको छ । लिपुलेक–कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणविरुद्ध सडकदेखि सदनमसम्म विरोध भइरहेको छ । सडकमा नक्सा खारेजीको लागि विरोध प्रदर्शनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका विरोधका कार्यक्रम भइरहेका छन् । नेपालीभूमि फिर्ताको लागि पहल नगरेको भन्दै सरकारको पनि चर्को विरोध भइरहेको छ । कतिपय प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको दलाल भन्दै राजिनामा समेत मागेका छन् ।

    उनीहरुको आक्रोस कुटनीति पहल नभएकोमा देखिन्छ । सत्तापक्ष र विद्रोही नेकपाका नेता कार्यकर्ता भारतीय नक्सा खारेजीको माग गरिरहेका छन् । तर, सरकारले औपचारिक प्रतिक्रिया दिनेभन्दा अरु केह ीगर्न सकेको छैन । भारतले आफूले नेपालीभूमी नमिचेको दाबी गरिरहेको छ । उसले नक्सामा समेटिएको नेपालीभूमी आफ्नै भएको भनिसकेको छ । त्यसपछि सरकारले केही बोलेको छैन । संसदको राज्य व्यवस्था समितिले सरकारलाई नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । समितिकी सभापति शशी श्रेष्ठले भारतले मिचेको नेपालीभूमीसहित नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएकी हुन् ।

    यो निर्देशन सरकारले पालना गर्छ की गर्दैनै हेर्न बाँकी छ । सर्वोच्च अदालतमा समेत रिट परेको छ । यसैबीच बहिर्गमित जनमुक्ति सेनाको एक टोली सीमा क्षेत्रमा पुगेको छ । बहिर्गमित जनमुक्ति सेना नेपालका पदाधिकारीको एक टोली भारतले अतिक्रमण गर्दै आएको सीमा क्षेत्रमा पुगेको हो । आफ्नो हक अधिकारसँगै राष्ट्रियता रक्षाको लागि विगत केही वर्षदेखि संघर्षमा रहेको बहिर्गमित जनमुक्ति सेनाको टोलीले नेपालीभूमिको रक्षाको लागि फेरि युद्ध लड्न तयार रहेको बताएको छ । राष्ट्रिय स्वधिनताको रक्षाको लागि तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धमा भारतसँग सुरुङ युद्धको घोषणा गरेको थियो ।

    उक्त युद्धमा सहभागी उनीहरुले आवश्यक परे फेरि भारतसँग सुरुङ युद्ध लड्न आफूहरु तयार रहेको बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष रमेश बसेल ‘करण’, राजन थापा ‘सुवास’, प्रदिप कार्की, सम्राटको टोलीले अतिक्रमित नेपालीभूमिको अवलोकन समेत गरेको छ । सीमा क्षेत्रबाटै सुवासले अनलाइन डबलीसँग कुरा गर्दै भने, “भारतले अतिक्रमण गरेको नेपालीभूमी फिर्ता गर्नुपर्छ, नक्सा खारेज गरोस् । अतिक्रमण जारी रहने हो भने भारतसँग फेरि सुरुङ युद्ध लड्नुको विकल्प छैन । हामी त्यसको लागि तयार छौं ।” उनीहरुले सीमा सुरक्षाको लागि मर्न तयार रहेको समेत बताएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ