• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपालको आकाशमा कसले उडायो दर्जनौ यस्ता विमान, स्थानीय त्रसित, किन मौन छ ओली सरकार ?

    165.8K
    SHARES



    काठमाडौं । भारतले नेपाली भूमी मिचेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको बिरोधमा अहिले देशभर व्यापक विरोध तथा प्रदशन भईरहेको छ । यता ओली सरकार भने भारतले उक्त नेपालीभूमी मिचेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको हप्तौ बितिसक्दा पनि कुनै ठोस कदम चाल्न त परै जाओस उल्टा नेपालीभूमी  हडपेको भारतको बिरोध तथा प्रदशन गर्नेलाई बिना काम धरपकड गर्ने, दुख दिने, कुटपिट गर्ने जस्ता लज्जास्पद कदम चालिरहेको छ ।

    यस्तै विरोध भईरहेको बेला नेपालको आकाश अर्थात् अछामको आकाशमा दर्जनौ जेट विमान उडेको देखिएको छ । मंगलबार साँझ अछामको आकाशमा लस्करै विमान उडिरहेको देखेपछि स्थानीय सशंकित भएका छन् । केही प्रत्यक्षदर्शीहरुले ३७ जेट विमानहरु लस्करै उडेको देखेपछी आफुहरु त्रसित भएको बताएका छन् । आकाशमा विमान लस्करै उडेको प्रहरीले पनि देखेका थिए ।

    इकालका प्रहरी कार्यालय विनायका असई लक्ष्मण बिकले पनि आकाशमा साँझतिर रकेट जस्तै देखिने गरी लस्करै उडेको बताए । बिकले भने, ”हाम्रा केटाहरुले आकाशमा लस्करै रकेटजस्तै गरी उडेका देखेका थिए ।” उनले रकेटको जति गति नभएको बताए । आफूहरुले माथि जानकारी गराइरहेको भन्दै पछि कुरा गराैला भनेर फोन राखेका थिए ।लिपुलेक-कालापानीमाथिको अतिक्रमणलाई लिएर अछाममा पनि विरोध प्रदर्शन भइरहेका छन् । आजमात्रै जिल्लाका विभिन्‍न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाइएको थियो । बिरोध भइरहेकै बेला आकाशमा बिमानहरु देखिएपछि कतिपयले भारतले गस्ती गर्न पठाएका फाइटर बिमान हुनसक्ने अनुमान गरेका छन् ।

    त्यसैगरी नेकपा कार्यकर्ताहरुले भारतीय नक्सा पनि जलाइएको थियो । सीमा मिचिएको विषयमा विरोध भएकोले भारतले सुदूरपश्चिममा हवाई गस्ती गरेको अनुमान गरिएको छ । तर जिल्ला प्रशासन कार्यालयले भने यसबारे केही बताएको छैन । प्रत्यक्षदर्शीका अनुसार पूर्वअछामबाट देखिएका विमानहरु लस्करै पूर्वअछाम पुगेर उत्तर मोडेर फर्किएका छन् । यसैगरी भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टरबाटै निरीक्षण गर्छ । भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरु यो अतिक्रमित क्षेत्र नियमित पुग्ने गरेका छन् । यतिमात्रै होइन नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ ।

    पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धकै तयारी भइरहेझैँ अनुभूति दिन्छ । तर नेपालले आफ्नै भूमिमा पनि उपस्थिति भने देखाउन सकेको छैन । कालापानी क्षेत्रमा भारतले सीमा सुरक्षा बल (एसएसबी) र इन्डो तिब्बतियन बोर्डर पोलिस(आईटीबीपी)को सुरक्षा दस्ता तैनाथ गरिएको जानकारी यसअघि नै सार्वजनिक भएको थियो । पछिल्लो समय भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धको तयारी पनि देखिन्छ ।

    उत्तराखण्ड राज्यको पिथौरागढमा केही महिनाअघि मात्रै नैनीसैनी विमानस्थल सञ्चालनमा आएको छ । नेपाल र चीनको सीमानजिकै रहेको यो विमानस्थलमा भारतीय वायु सेनाको लडाकु विमानको नियमित उडान भइरहेको छ । पिथौरागढदेखि ९२ किलोमिटर सडकमार्गको दूरीमा रहेको धार्चुलाभन्दा उत्तरतर्फको भूभागमा केही दिन बिराएर लडाकु विमानले गस्ती पनि गर्दै आएको छ । पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटरको हवाई रेञ्जमा भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टोबर २३ (कात्तिक ६ गते) समाचार प्रकाशित गरेको छ ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उनले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदूतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराए ।

    ‘यसबारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘ती समस्या समाधानका लागि छिट्टै उचित कुटनीतिक संयन्त्रमार्फत भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’ सोमबार नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले पनि गएको शुक्रबार भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोखलेलाई भेटेर सीमा विवादका बारेमा कुरा गरेको जानकारी दिएको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाइसकेको छ । उता, भारतले पनि समस्या समाधानका लागि सचिवस्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिइसकेको छ ।

    तरसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए । संसदको राज्य व्यवस्था समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो’ भन्ने प्रष्ट रहेको बताए । यसमा कुनै कन्फ्युजन नरहेको भन्दै उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

    कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन । यही मान्यतामा उभिने हो ।’ तर यस विषयमा उत्तेजना वा भ्रम फैलाएर समस्या सामाधान हुने उनले बताए । अन्तराष्ट्रिय समितिले सरकारले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्छ भन्नुपर्ने भन्दै उनले भने, कुरा मिलेन भने अन्तराष्ट्रियकरण अहिले भन्न हुँदैन । त्यसले हामीलाई …. । भएन भने के गर्ने त्यतिबेला सोचौंला नि ।’

    भारतको व्यापक बिरोध भईरहेका बेला डा केसीले लेखे मोदीलाई यस्तो अनौठो पत्र
    डडेल्धुरामा १७ औं पटक अनसनमा बसेका डा गोविन्द केसीले अनसन स्थगित गरेका छन् । भारतले सीमा मिचेको विषयमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउने भन्दै आन्दोलन स्थगित गरेका हुन् । अनसन बसेको ९ औं दिनमा उनले असनसन स्थगित गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सीमा मिचिएको विषयमा पत्र लेख्दै अनसन स्थगित गरेका हुन् ।

    प्रेस विज्ञप्ति
    दुरदारजमा बस्ने विपन्न लगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं। यसै क्रममा सरकारसमक्ष विभिन्न ७ बुँदै माग र।ाखेर यही कार्तिक १७ गतेदेखि सत्याग्रहरत छौं।

    यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु। सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो। सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन। आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ।

    आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो। तर सत्तामा हुनेहरुले राष्ट्रियताको वहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन।

    त्यसैले अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं। त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन। चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन।

    राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं। तर स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने तथा सरकारले हाम्रा माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने जानकारी पनि गराउँदछौं।

    हामीलाई यस सत्याग्रहका क्रममा हृदयदेखि सहयोग गर्ने तथा हाम्रो अभियानसँग जोडिने देशभरका सबै नागरिकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दर्छौं। डडेल्धुरा, बैतडी र डोटीलगायत सुदुरपश्चिमका सबै जिल्लाका आम नागरिक, डडेल्धुरा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, स्थानीय पत्रकारहरु, पेशागत संघ संगठनका सदस्यहरु, उद्योगी(व्यवसायीहरु, यातायात व्यवसायी र मजदुरहरु लगायतप्रति विशेष कृतज्ञता व्यक्त गर्दर्छौं ।

    विप्लवको चेतावनी !
    नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरी भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    भारतीय दादागिरीबिरुद्ध विप्लवले चरणबद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन । उनले भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । जसअनुसार कात्तिक २१ गते मसाल जुलुश निकालिएको छ भने २२ गते कोणसभा गरिएको छ । त्यस्तै २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाएको नेकपाले २४ गते अतिक्रमित भारतीय नक्सा जलाएको छ । २५ गते देशभर विरोध प्रदर्शन र २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेकपाले २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र बुझाएको छ ।

    नेपाली भूमि आफ्नो नक्सामा देखाएर भारतले अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।’

    महासचिव विप्लवले तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गर्न भारतलाई चेतावनीसमेत दिएका छन् । ‘अन्यथा पार्टीले राष्ट्रिय स्वाधिनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिन चाहन्छ’ विज्ञप्तिमा छ, ‘यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ ।’

    यस्तै मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाली भूभागलाई भारतले उसको नक्सामा समेटेकोप्रति आपत्ति जनाएको छ । भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटिएको छ । भारतीयको यो रवैयालाई लिएर आलोचना भइरहेका बेला क्रान्तिकारी माओवादीले त्यसको कडा शब्दमा भत्र्सना गरेको हो । उसले भारतको यस्तो शैलीले नेपाली भूभागमा मात्रै नभएर सार्वभौमिकता र स्वाधीनतामाथि नै नांगो अतिक्रमण भएको निष्कर्ष निकालेकाे छ ।

    ‘भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नांगो अतिक्रमण हो ।’

    नेपाली भूमि भारतीय नक्सामा समेटिएको विषयलाई कूटनीतिक पहलमार्फत समाधान गर्न पनि उसले सरकारसमक्ष माग गरेको छ । ‘भारतले गलत गरेकाले कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ