• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्गानिक विजनेश

    मार्सी चामल खोज्न अब कर्णाली जानु पर्दैन, राजधानीमै पाइन्छ खान र लान (हेर्नुहोस् बिस्तृतमा)

    23.5K
    SHARES

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष द्वय प्रचण्ड र केपी ओलीले ब्यापारी दुर्गा प्रसाँईको घरमा डिनर गरेपछि चर्चामा आएको मार्सी चामल ललितपुरको सात दोबाटोस्थित हिमालयन कर्नरमा पाइने भएको छ ।

    नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डमाथि मार्सी चामलको बिम्ब प्रयोग गरेर समाजिक सञ्जालमा थुप्रै टिप्पणी भए । सञ्चारमाध्यमममा कार्टुनहरु छापिए ।

    नकारात्मक शैलीमा नै भए पनि मार्सी चामलको गज्जब ब्रान्डिङ हुन गयो । अनि धेरैलाई लाग्यो, आखिर कस्तो हुन्छ त यति चर्चित मार्सी चामलको भात ? यही कौतहलता मेटाउन अहिले बजारमा मार्सी चामल खोज्नेहरु प्रशस्तै भेटिन थालेका छन् ।

    केही महिना अघिसम्म मार्सी चामलबारे सायद कमैलाई थाहा थियो । राजधानीमा यसको खपत त झन् नगन्य मात्रामा थियोभन्दा फरक नपर्ला । तर, अहिले मार्सी चामल खोज्दै राजधानीका पसल तथा डिपार्टमेन्टल स्टोर धाउनेहरु ह्वात्तै बढेका बेला सातदोबाटो चोकैमा रहेकाे हिमालयन कर्नरले उपभोक्ताको यो मागलाई पुरा गर्ने भएको छ ।

    संसारकै सबैभन्दा अग्लो स्थानमा उत्पादन हुने मार्सी धानको चामल उपत्यकामा सर्वसुलभरुपमा नभेटिरहेको बेला हिमालयन कर्नरले भने राजधानी काठमाडौंमै मार्सी चामलको भात खान पाइने र चामल किन्न पाइने समेत ब्यबस्था गरेको छ ।

    कर्णालीका केहि जिल्लामा यसलाई काली मार्सी धान पनि भन्ने गरिन्छ । यो चामलको भातले तपाईको जस्तोसुकै भोकलाई एकै छिनमा मार्न सक्छ । यो चामलको भात सेवन गर्दा चाँडै-चाँडै भोक लाग्ने समस्याको समेत तत्कालै अन्त्य हुन्छ ।

    मार्सी धान नेपालको कर्णाली र सुदूरपश्चिमका केहि जिल्लामा मात्र फल्छ । कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटका केहि गाउँपालिकामा यसको उत्पादन हुन्छ भने जुम्ला र हुम्लाका अधिकांश गाउँमा यसको अत्याधिक उत्पादन हुन्छ।

    जुम्लामा करिब दुई हजार मेट्रिक टनको हाराहारीमा यो जातको धान उत्पादन हुन्छ । जुम्लाको सबैभन्दा उच्च स्थान छुम्चौंर र हाकुमा पनि यो जातको धानको उत्पादन किसानले गर्दै आएका छन् । यसको लागि चिसो मौसम र पानी अत्यधिक चाहिन्छ ।

    ललितपुरको सातदोबाटोस्थित सुमेरु मार्टको माथिल्लो तलामा रहेको हिमालयन कर्नरले कर्णालीबाट कालिमार्सी धान खरिद गरी राजधानीमा बिक्री बितरण गर्ने र आफ्नै कर्नरमा पकाएर खुवाउने व्यवस्था समेत मिलाएको छ ।

    राजधानी र उपत्यका वरपरका स्थानीयवासीले यो दशैँदेखि काठमाडौंमै बसेर कर्णालीको निक्कै पोषिलो र अत्याधिक काव्रोहाइड्रेटयुक्त मार्सी चामलको भात सजिलै उपभोग गर्न पाउने हिमालयन कर्नरका अध्यक्ष दीपक बुढाले संचारकेन्द्रलाई बताए ।

    आफुहरुले काठमाडौंको उपभोक्तालाई कर्णालीको हिमाली मार्सी चामल, चिनो चामल, कालो चामल, सिमी, फापर, अर्गानिक चिया, जौको सातु, जिम्बु र भटमासलगायतका गेडागुडी पनि हिमालयन कर्नरबाट बिक्री गर्दै आएको अध्यक्ष बुढाको भनाइ छ।

    जसकारण हिमालयन कर्नरले स्थानीय उत्पादनको बजार पनि सुनिश्चित गरेको र यसको खपत उपत्यकामा बढी हुन थालेपछि कर्णालीका किसानहरुलाई धान खेति गर्न उत्साह थपिने मात्रै नभइ त्यसले स्थानिय उत्पादनमा समेत वृद्धि हुने अध्यक्ष बुढाको विश्वास छ ।

    यो जातको धानको चामल तत्कालीन समयमा राणा र शाही परिवारले भरियामार्फत दरबार भित्र्याउने गर्थे । राजा वीरेन्द्रको पालामा कर्णालीको चामल दरबारमा पुग्थ्यो । मार्सी धानको चामल पहिल्यैदेखि धनाढ्यले खाने मिठो र महँगो भनेर चर्चा हुन्थ्यो ।

    पछिल्लोसमय अरु सस्तो चामलको प्रयोगमा ब्यापकता आएपछि मार्सी बिक्नै छाडेको भए पनि अहिले चर्चाका कारण फेरी यसको ब्यापक खोजी हुन थालेको बुढाको भनाई छ ।

    खाने र किन्ने दुइवटै अवसर

    हिमालयन कर्नरले मार्सी चामलको भात खाने र किन्न पाउने दुइवटै अवसर दिने भएको छ । “काठमाडौँमा धेरै होटलहरु छन् त्यहा खान पाइन्छ तर किन्न पाइदैन । कसैले राजधानीमा मार्सी चामल ल्याउन सक्छ, भात पकाएर बेच्नसक्छ तर ग्राहकलाई भात मनपरेर चामल नै किन्न खोज्यो भने त पाइदैन । तर अब त्यस्ता ग्राहकहरुलाई हामीले चामल पनि दिएर पठाउने छौं ।” अध्यक्ष बुढाले भने- “हुन त यहाँ मार्सी चामल बेच्ने मान्छे पनि होलान तर त्यसको वास्तविक स्वाद दिने मान्छेको भने अभाव छ । अब हामी त्यो अभाव पनि पुरा गर्नेछौं ।”

    अध्यक्ष बुढाले बताए अनुसार हिमालयन कर्नरमा वास्तविक स्वादमा मार्सी चामलको भात खुवाउने मात्रै नभइ त्यही अनुसार भात पकाउन सिकाउने पनि ब्यबस्था छ ।

    आफुहरुले उपभोक्तालाई चामल देखाउने, छाम्न लगाउने, भात खुवाउने र स्वाद मनपरेपछि ग्राहकले आफै किनेर लग्ने वाताबरण बनाउने उनको दावी छ ।

    कर्णालीलाई सम्बृद्ध बनाउने अभियान

    उनले बिगतमा नेपालका घरानियाँ बर्गले कर्णालीमा भोकमरी छ भन्दै गलत प्रचार गरेको पनि आरोप लगाए । यसरी नेपालका उच्च तहमा बस्ने ब्यापारी र शासकहरुले खाने महँगो मार्सी चामल उत्पादन हुने कर्णालीका किसानलाई भोकमरी छ भन्नु गलत भएको उनको तर्क छ ।

    “त्यसो भए कर्णालीमा साँच्चै भोकमरी हो भने हामीले यो मार्सी चामल कसरी राजधानीमा ल्यायौ त ? कर्णालीमा फलेको मार्सी चामल हामीले काठमाडौँमा बेचिरहेका छौं भने कर्णालीमा कसरी भोकमरी छ ?” उनले थपे- “यो गलत हल्ला हो । यस्तो प्रचारवाजिले कर्णाली सम्बृद्ध बन्दैन ।”

    आफुहरुले कर्णालीमा भोकमरी छ भन्ने हल्लालाई चिर्न र कर्णालीका जमिनहरु अब बाझो नराख्ने गरी सम्वृद्धिको अभियान छेड्न खोजेको अध्यक्ष बुढाले बताए ।

    कर्णालीमा उत्पादन हुने हरेक हिमाली खाध्य सामाग्रीलाई अब काठमाडौँ ल्याएर बिक्री गर्ने र कर्णालीका बासिन्दालाई कृषिमा आत्मनिर्भर बनाउनेगरी अभियान चलाउने उनको योजना छ ।

    यस्ता छन् मार्सी चामलका विशेषताहरु !

    संसारकै उच्च भूभागमा उप्तादन हुने भएकाले मार्सी चामल पौष्टिकताले भरिपूर्ण मानिन्छ । कर्णालीको जुम्ला, हुम्ला, मुगुलगायतको उच्च भूभागमा झण्डै ८ महिना समय लिएर उत्पादन हुने धान हो, मार्सी । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो ।

    अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले यो प्रांगारिक रुपमै उत्पादन हुन्छ । यो धानको चामलमा फाइबरको मात्र बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि यो उपयोगी मानिन्छ । आइरन, स्टार्च लगायतका पौष्टिक तत्व पनि सन्तुलित मात्रामा हुन्छ ।

    स्वाद र स्वास्थ्यका हिसाबले यो निकै महत्वपूर्ण मानिन्छ । यसको भात ढिँडोजस्तै आडिलो खान्कीमा पनि गनिन्छ । मार्सी धानलाई प्रायः ओखलमा कुटेर चामल बनाउने भएकाले बोक्रामा निहित तत्व खेर जाँदैन। मार्सी चामलमा भिटामिन र खनिजको मात्रा बजारमा उपलब्ध अरु चामलको तुलनामा उच्च पाइन्छ।

    सामान्यतया चिसो ठाउँमा फल्ने अन्न र फलफूल स्वादिला र पोषिला हुन्छन्। प्रतिकूल हावापानीसँग जुधेर फुल्न र फल्न ती अनाज र वनस्पतिमा निकै विशेष क्षमता विकास हुन्छ। यसले तिनमा अनेकन धातु लगायत सुक्ष्म पोषक तत्व सञ्चय हुन्छन्। जुन स्वाद र स्वास्थ्य निम्ति उपयुक्त मानिन्छन्।

    मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्छन्। लाभदायक पौष्टिक तत्वको मात्रा सेतो चामलको तुलनामा धेरै भएकाले यो स्वस्थकर मानिन्छ। खैरो चामलको भात खाएपछि बढ्ने ब्लड सुगर सेतो चामलको तुलनामा कम हुन्छ। खैरो चामलमा उच्च मात्रामा म्याग्नेसियम र फाइबर हुन्छ।

    यसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। त्यस्तै यो चामलमा भएको एन्टिअक्सिडेन्ट गुण र ‘लिग्नान’ तत्वले रगतमा बोसो तत्व, रक्तचाप र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग, मधुमेह र मोटोपना जोखिम नियन्त्रण गर्छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ