• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेनजी आन्दोलनको एक वर्ष पूरा, दिवसका अवसरमा आज देशभरि सार्वजनिक बिदा

    192
    SHARES



    काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ।

    १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

    सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो ।

    २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । स्कुल ड्रेसमा रहेका विद्यार्थीसमेत प्रहरीले चलाएको गोलीको निसाना बनेपछि जनआक्रोश बढ्यो र भदौ २४ गते आन्दोलनले उग्र रूप लियो । परिणामस्वरुप कैयौँ सरकारी कार्यालय तथा निजी सम्पत्ति, राजनीतिक दलका कार्यालय, नेताहरूका घर लगायतमा आगजनी भयो ।

    स्थिति नियन्त्रण बाहिर गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर राजीनामा दिए । छोटो समयमै सत्ता ढाल्न सफल सो आन्दोलन विश्व इतिहासमै उदाहरणका रूपमा अङ्कित भएको छ ।

    ठिक एक वर्ष अघि भएको जेनजी आन्दोलनकै बलमा तत्कालीन प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमतसहित प्रतिनिधि सभामा बलियो उपस्थितिमात्र जनाएन, एकल सरकार गठन गर्ने मौका पाएर नेतृत्व गरिरहेको छ, तर नागरिक स्तरमा असन्तोष भने कायमै छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ