• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मनास्लु–लार्केपास पदमार्गमा नजान प्रशासनको चेतावनी, दुई पुल बाढीले बगायो

    218
    SHARES



    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै तत्काल यात्रा नगर्न आग्रह गरेको छ।

    प्रशासनले आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा पदयात्रामा निस्किसकेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न आग्रह गरेको हो।

    आइतबार बिहान चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङखोलामा आएको बाढीले पदमार्ग, होटल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको प्रशासनले जनाएको छ।

    बाढीका कारण चुमनुव्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बगाएको प्रशासनको सूचनामा उल्लेख छ।

    पुलहरू बगेपछि मनास्लु तथा लार्केपास पदमार्गमा आवतजावत जोखिमपूर्ण बनेकाले अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न र नगराउन प्रशासनले सम्बन्धित सबैलाई आग्रह गरेको हो।

    प्रशासनले बाढी तथा क्षतिग्रस्त संरचनाका कारण उत्पन्न जोखिमलाई ध्यान दिँदै पदयात्रीको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो सूचना जारी गरिएको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ