• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आजदेखि डिपोहरूबाटै ग्यास बिक्री, सरकारले स्थान नतोक्ने

    348
    SHARES



    काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बिक्री नियमित वितरण प्रणालीबाटै गर्ने भएको छ। आज अर्थात् भदौ १ गतेदेखि उद्योगले नियुक्त गरेका विक्रेता तथा वितरकमार्फत ग्यास बिक्री हुने जनाएको छ।

    उपभोक्तालाई सहज बनाउन निगमले यसअघि विभिन्न स्थानबाट आफ्नै सक्रियतामा ग्यास बिक्री गरेको थियो। उद्योगीहरूले भने निगमको प्रत्यक्ष बिक्रीले समस्या झन् बढाएको बताएका थिए।

    निगमले आइतबार सूचना जारी गर्दै भदौ १ गतेदेखि नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने जनाएको हो। सूचना अनुसार उद्योगहरूले दैनिक ग्यास बिक्री गर्ने विक्रेता तथा वितरकको विवरण निगमलाई उपलब्ध गराउनुपर्नेछ।

    विवरणमा विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिने सिलिन्डरको संख्या खुलाउनुपर्नेछ। यस्तो विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगममा पठाउनुपर्नेछ।

    विक्रेता तथा वितरकले पनि दैनिक बिक्रीको विवरण तयार गर्नुपर्नेछ। त्यसमा ग्यास खरिद गर्ने उपभोक्ताको नाम, सम्पर्क नम्बर र बिक्री भएको ग्यासको परिमाण खुलाउनुपर्नेछ।

    यस्तो विवरण सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ। उद्योगले सोही दिन निगमलाई विवरण पठाउनुपर्नेछ। निगमले अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई ग्यास बिक्रीमा प्राथमिकता दिन आग्रह गरेको छ।

    ग्यास ढुवानी तथा वितरणमा सुरक्षा व्यवस्था मिलाउन निगमले गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ।बिक्रीको अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पनि आग्रह गरिएको निगमले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ